क्यान्सर पिडित चित्रलालले आर्थिक अभावका कारण पाएनन् उपचार,परीवारद्धारा सहयोगको अपिल

हुम बहादुर कार्की सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर १ निवासी क्यान्सरबाट ग्रसित ४८ बर्षे चित्रलाल कामीले आर्थिक अभावका कारण उपचार पाउँन सकेका छैनन् । अति विपन्न परिवारका कारण मुत्रथैलि क्यान्सरबाट ग्रसित भई उनका परिवारजनले उनको क्यान्सरको उपचार गराउँन नसकेका हुन । सोही क्रममा मालारानी पिडित सहयोग अभियानले क्यान्सर पिडित चित्रलाल कामी बचाउ अभियान नै सञ्चालन गरेर आर्थिक सहयोग संकलन सुरू गरेको थियो । जस अन्तर्गत चित्रलाल बचाउ अभियानमा उपचारका लागि संकलन गरिएको ३० हजार २ सय रुपैयाँ सहयोग रकम चित्रलालको परिवारलाई हस्तान्तरण गरिएको थियो । उक्त आर्थिक सहयोग अभियान मा सल्यान कालिमाटी काल्छे ५ निवासी हाल मलेसिया बाट १४ हजार, गुर्भाकोट १ निवासी हाल दुबै बाट लक्ष्मी विसिले ५ हजार, गुर्भाकोट २ निवासी ओम प्रसाद गैरेले १ हजार र गुर्भाकोट १ फलाटे निवासी हाल कुबेतबाट कल्पना रिजाली थापाले १० हजार २ सय सहयोग गरेकी थिईन् ।
चित्रलालको जिवन रक्षाका लागि स्थानीय सहयोगीदाताबाट संकलन रकम उनकी श्रीमतीलाई ३० हजार २ सय रकम हस्तान्तरण गरिएको थियो । उक्त अभियानमा सहयोग रकम हस्तान्तरण गर्दै चित्रलालको स्वास्थ्य लाभको कामना गरेका थिए ।

उनी गुर्भाकोट १ को वडा सदस्य भई समाजिक सेवा कार्य गर्दै आएका थिए । क्यान्सर जस्तो घातक रोगबाट ग्रसित चित्रलालको हालको अवस्था नाजुक रहेको परिवारिक श्रोतले बताएको छ । उनी भारतदेखि उपचार गर्दै हाल सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाकेमा उपचार गर्दै आएका थिए । उनको हाल आर्थिक अभावका कारण उपचार गर्न नसकिएको उनका परीवारले बताए । ‘आँफुसँग भएका पैसा सबै उपचारमा खर्च भैसक्यो मासिक ६० हजार सम्म खर्च हुने हँुदा उपचारमा समस्या भएको छ ।’‚ उनकी श्रीमतीले भनिन् ‚ चित्रलालको उपचारका लागि सहयोग गर्न चाहाने मनकारीले राष्ट्रिय वाणिज्य बँैकको खाता नम्बर ४४८०१०००००२३८०१० मा सक्दो रकम सहयोग गर्न सक्ने र कुँनै जानकारी लिन परेमा ९८६९६५५२०६ मा सम्पर्क गर्न पनि सकिने समेत परिवार स्रोतले जानकारी दिएका छन् । यसैगरी सुशील कोइराला प्रखर क्यान्सर अस्पताल का डाक्टर साजन थापाले क्यान्सर जस्तो घातक रोग लागेको पुष्टि गर्दै नियमित उपचार गर्न आग्रह गरेका छन् । सोही चित्रलाल कामी बचाउ अभियानमा सक्दो सहायोग गर्न गुर्भाकोट नगरपालिकाले समेत अनुरोध गरेको छ ।


तपाईको प्रतिक्रिया