हुमबहादुर कार्की सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर १ र २ स्थित मालारानी प्रहरी चौकीले अवैध घरेलु मदिरा नष्ट अभियान पुनः सुरु गरेको छ । मालारानी प्रहरी चौकिका असई नरबहादुर शाहीको टोलीले बुधबार गुर्भाकोट १ र २ स्थित खरीगैरा, दह चिउरीडाँडा गैरीबजार घुमाउने काल्चे लगायतका क्षेत्रमा मदिरा नष्ट अभियान पुनः सञ्चालन गरेको हो । अभियानको दोस्रो पटकका दिन कच्चा पदार्थ र घरेलु मदिरा करिब डेढ सय लिटर बढी बरामद गरेको र उक्त घरेलु मदिरा नष्ट गरेको थियो । नेपालमा घरेलु मदिरा बनाउन कानुन मान्यता प्राप्त नभएकोले नष्ट गरिएको मालारानी प्रहरी चौकी ईन्चार्ज शाहीले बताए । स्थानीयहरुले प्रयोग गर्दा गाउँघरमा होहल्ला भई विभिन्न सामाजिक बिकृती फैलिएको असई शाहीको भनाई छ । सो अभियान अवैध रूपमा स्वास्थ्यलाई हानिकारक मदिरा बनाइरहेको सूचनाको आधारमा छापा मारेको प्रहरीको भनाई छ । अबैध घरेलु मदिरा नष्ट अभियानमा निरन्तर लाग्ने प्रहरीको दाबी रहेको छ । प्रहरीले अवैध मदिरा नष्ट अभियान गर्दा स्थानीय तहमा घरेलु हिँसा र सामाजिक विकृतीको अन्त्य हुने विश्वास गरिएको छ भने उक्त मदिरा नष्ट गर्दा आवद्ध स्थानीयहरुले दुख व्यक्त गरेका छन् ।


दर्शन खबर । २६ माघ २०७९, बिहीबार