पल शाहलाई १५ दिनभित्र झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले कलाकार पल शाहलाई १५ दिनभित्र झिकाउन आदेश जारी गरेको छ। उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासले सोमबार उनलाई १५ दिनभित्र उपस्थित गराउन आदेश जारी गरेको हो । तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि जिल्ला अदालत नवलपुरमा रहेको मुद्दामा उच्च अदालतले १५ दिनभित्र झिकाउन आदेश भएको अदालतले जनाएको छ । नाबालिग बलात्कारको अभियोगमा जिल्ला अदालत नवलपुरले दुई वर्ष महिना जेल सजाय तोकेको छ। तर जिल्ला अदालत तनहुँले भने उनलाई सफाई दिएको थियो । शाह अहिले जिल्ला कारागार तनहुँमा छन् ।


तपाईको प्रतिक्रिया