सुर्खेत । वीरेन्द्रनगरमा स्थानिय तहसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ । सोमवार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी विकास निर्देशनालयको आयोजनामा उक्त कार्यक्रम वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ मा सम्पन्न भएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले जनप्रतिनिधिलाई पार्टीगत नभई जनताको पक्षमा हुन आग्रह गरे । उनले बजेट विनियोजन गर्ने क्रममा आफ्नो पार्टी भएको क्षेत्रमा धेरै बजेट छुट्याउने भएको हुँदा त्यस्तो प्रवृतिलाई हटाएर जुन क्षेत्रमा बजेट बढी आवश्यक छ त्यही क्षेत्रमा बढी बजेट विनियोजन गर्न आग्रह गरे । उनले पछिल्लो समय कृषि पेसा नै एक महत्वपुर्ण पेसा भएको बताउँदै यसलाई सकेसम्म थप प्रभावकारी गर्नुपर्ने बताए । साथै मन्त्री शर्माले काम गरीरहेका कृषकलाई प्रोत्साहन गर्न आवश्यक रहेको उल्लेख गरे । उनले भने ‘ जसले राम्रो काम गरेको छ, त्यसले सरकारबाट अनुदान नै पाएको हुुदैन् । अरुले काम विनाको कागजपत्र देखाएर अनुदान लिने गरेको हुँदा त्यसलाई राम्रोसँग बुझेर काम गरीरहेको कृषकलाई हामीले प्रोत्साहान गर्नुपर्ने बेला छ । किनकी काम गरे पछि मात्रै अनुदानमा केही पाईदो रहेछ भन्ने भावना अरुको मनमा जाग्ने हुँदा हामीले काम गरीरेहको कृषकलाई प्रोत्साहन गर्नु छ ।’,
यस्तै पशुपन्छी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्ष प्रसाद पंगेनीले चालु आर्थिक वर्ष सुरु भई हाल सम्म निर्देशनालयले गरेको उपलब्धी, अवधारणा र समस्याहरु सार्वनजिक गरेका थिए । जसअन्तरगत निर्देशनालयले दाना उद्योगको पूर्वाधारमा सहयोग गरि दाना उत्पादन, कर्णाली प्रदेशमा भैसीको संख्या न्यून भएकोमा हाल भैसीको संख्या र दुध उत्पादनमा बृद्धि भई दैनिक १५००० लिटर बाहिर निकासी, कर्णाली प्रदेशमा ब्रोइलर कुखुराको ह्याचरी स्थापना भई ब्रोइलर कुखुराको चल्ला उत्पादन गरेको जानकारी दिएका थिए । साथै उक्त कार्यक्रम सञ्चालन गर्दा प्राविधिक जनशक्ति अभाव, स्थानिय, प्रदेश र संघिय सरकार वीच कार्य संचालन नर्मसमा एकरुपता नभएको, स्थानिय, प्रदेश र संघिय सरकार वीच नितिगत रुपमा समन्वय र सहकार्य नहुनु, थ्री फेज विद्युतको अभावको कारण शित भण्डार, दुग्ध चिस्यान केन्द्र र साना उद्योग जस्ता पूर्वाधारहरु संचालनमा कठिनाई भएको, कृषि सम्बन्धि गैरकर राजस्व कायम नभएको, प्रदेशको लागत साझेदारी कार्यक्रममा पालिकाहरुले वजेट विनियोजन नगर्नु, उच्च शिक्षा अध्ययनको लागि कर्मचारी छात्रवृती सम्बन्धी नीतिगत अस्पष्टता, प्रदेश निजामती सेवा ऐन नहुनु जस्ता समस्या भएको उल्लेख गरे । यस्तै निर्देशक पंगेनीले निर्देशनालयबाट भावी योजनाको बारेमा पनि जानकारी थिए ।
जसअन्तरगत प्राङ्गारिक कृषि तथा पशुजन्य पदार्थलाई सफलीभूत गराउने, अनुदान क्रमश घटाउँदै उत्पादनमा आधारित प्रोत्साहनका कार्यक्रमहरुलाई प्राथमिकता दिने, व्याज अनुदानका कार्यक्रमहरुलाई सवलीकरण गर्ने, प्राविधिकहरुको दरवन्दी समयानुकुल वढाउदै कृषकहरुमा स्तरिय प्राविधिक सेवाको पहुँच वढाउने, भएका प्राविधिक जनशक्तीहरुको क्षमता अभिवृद्धि तथा प्रोत्साहनका कार्यक्रम लागु गर्ने, कर्णाली प्रदेशमा कृषि, पशुपन्छी तथा मत्स्य विकासका कार्यक्रमहरु परियोजनाको रुपमा अगाडी वढाउने, अनुदान कार्यक्रमलाई विस्तारै घटाउँदै उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई जोड दिने बताए । यस्तै भेरीगंगा नगरपालिकाका पशुशाखा प्रमुख भोज प्रसाद चपाईले भेरीगंगामा ४ वटा डेरी र १८ वटा दुग्ध संकलन केन्द्र भएको बताए । उनले भेरीगंगामा भउका कृषकले भने जस्तो मुल्य नपाएको गुनासो गरे । यस्तै लेकवेशी नगरपालिकाका नगर प्रमुख उमेश कुमार पौडेलले वडा नम्बर २ र ५ बाख्राका लागि उपयुक्त ठाउँ भएको हुँदा आगामी वर्ष उक्त क्षेत्रलाई बाख्राको पकेट क्षेत्र घोषणा गर्ने बताए । साथै बाख्रा पकेट क्षेत्रको लागि केही बजेट छुट्याउने प्रतिवद्धता जनाए । उनले लेकवेशीमा एक पटक भयावह बन्दै गएको रेविज केहीरुपमा नियन्त्रणमा आएको दावी गरे । यस्तै वीरेन्द्रनगर नगरपालिकाका पशुसेवा शाखाका प्रमुख यज्ञ पाण्डेले आगामी वर्षमा पशुपन्छी हाट बजार स्थल बनाउन आवश्यक रहेको बताए ।
जसको लागि करीब ५० लाख बजेट भएमा हाट बजार स्थल बनाउन सकिने बताए । उनले वीरेन्द्रनगर नगरपालिकामा पनि कुकरले १४ वटा बाख्रा, २ वटा हाँस र एउटा भैसीलाई टोकेको बताउँदै खोप लगाउने काम तिव्र गतिमा भईरहेको बताए । यस्तै सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले सिम्तामा बाख्रा प्रवर्धन कार्यक्रम गर्ने योजना बनाएको बताए । साथै सिम्तामा भएका खसि र बाख्रा काठमान्डौ, बुलवल, नेपालगञ्जसम्म निर्यात हुने गरेको दावी गरे । बराहताल गाउँपालिका अध्यक्ष भिम भण्डारीले कृषक र प्राविधिकलाई वेलावेलामा उपयुक्त तालिम दिन सकेमा कृषकलाई केही सहज हुने बताए । चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले चौकुने गाउँपालिका कृषिको उर्वर शक्ति भएको दावी गरे । उनले चौकुनेमा जुम्ला र तराईका भेडा चौकुनेमा पाल्ने सकिने बताए । साथै चौकुनेमा पनि बजारीकरणको समस्या भएको बताउँदै चौकुनेमा १६५ जनाले बाख्रा पालेको तथ्याङ्गक भएपनि अहिलेसम्म कुनै पनि सरकारी निकायबाट सहयोग नपाएको गुनासो गरे । उनले काम गरीरहेका कृषकलाई प्रोत्साहन गर्न सकेमा सुर्खेत जिल्ला आत्म निर्भर हुन सक्ने बताए । कार्यक्रममा सुर्खेतका विभिन्न पालिकाका जनप्रतिनिधि कर्मचारी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रम पशुपन्छी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्ष प्रसाद पंगेनीको अध्यक्षता र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माको प्रमुख अतिथिमा सम्पन्न भएको हो ।


दर्शन खबर । २३ माघ २०७९, सोमबार