
काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको मात्रै उम्मेदवारी परेपछि सोमबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष पाएको हो । राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले भने अर्यालविरुद्ध उम्मेदवार उठाएको थिएन ।


दर्शन खबर । २३ माघ २०७९, सोमबार