कर्णाली समाज ओकिनावा जापानको दोस्रो अधिवेशन सम्पन्न

जापान। कर्णाली प्रदेश समाज जापान ओकिनावा क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ।आईतबार,सम्पन्न अधिवेशनले चक्र बहादुर शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशले वरिष्ठ उपाध्यक्षमा हरी बहादुर शाही, नवराज पुन मगर, अमर बुढा, महिला उपाध्यक्षमा रूपा रेग्मी, सचिवमा मदन सिंह ठकुरी, सहसचिवमा धिरेन्द्र कुमार सिंह, कोषाध्यक्षमा नरेन्द्र शाही, सहकोषाध्यक्षमा विधुर केसीलाई चयन गरेको छ।

त्यस्तै गरि,सदस्यहरुमा प्रकाश खड्का, प्रतीक थापा, राजेन्द्र प्रसाद शर्मा, नरेश टमट्टा, जयन्ती अधिकारी, कमल रावत, रमेश शर्मा, आशिष शाही, राज कुमार बुढा र निर्मल डागि चयन भएका छन् । साथै अधिवेशनले ३ जनालाई सल्लाहकारमा चयन गरेको छ । जसमा भिम प्रसाद न्यौपाने, केबी टमट्टा र सागर भारति रहेका छन् ।

 


तपाईको प्रतिक्रिया