भेरीगंगामा पोषिलो खाना प्रर्दशनी तथा साक्षरता कक्षा कार्यक्रम सम्पन्न

दिपक बराल सुर्खेत । भेरीगंगामा पोषिलो खाना प्रर्दशनी तथा साक्षरता कक्षा कार्यक्रम सम्पन्न भएको छ । कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतको आर्थिक सहयोग र भेरीगंगा नगरपालिका भित्र संचालित समुहहरुको आयोजनामा वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता कक्षा अन्र्तगत पोषिलो खाना प्रर्दशनी तथा साक्षारत कक्षा कार्यक्रम सम्पन्न भएको हो । भेरीगंगा नगरपालिका भित्र सञ्चालन भएको नमुना बाख्रा पालन समुह, सुन्धारा बाख्रा पालन समुह, दुर्गा उपहार समुह, कुहिरे गाई भैसि पालन समुह, सृजनशिल हरियाली कृषक समुह, अमिलाचौर भैसी पालन समुह, कोपिला भैसि पालन समुह, सृजनशिल कृषि सहकारी संस्था लिमिटेडमा आबद्घ महिला कृषक सदस्यहरुलाई ४० हप्ता सम्म तालिम संचालन गरेर पोषिलो खाना प्रर्दशनी तथा साक्षारत कक्षा कार्यक्रम सम्पन्न गरीएको कृषि क्षेत्र विकास कार्यक्रमका कृषि प्राविधिक हस्त विकले बताए । संचालन भएको तालिम मध्ये सहजर्कताबाट २६, पोषण सहजर्कताबाट ८ र बाँकी नगर कृषि शाखा र पशुपंक्षि शाखाको प्राविधिक तालिम गरी सञ्चालन भएको ४० वटा तालिमको अन्त्यमा पोषिलो खानाको परिकारहरु प्रदशन गरि तालिम समापन गरीएको कृषि प्राविधिक विकले बताए । कृषि क्षेत्र विकास कार्यक्रम बाट कृषकहरुको आम्दानीमा बृद्घी गर्ने उदेश्यले घास वितरण, घास कात्ने मेसिन, ५० प्रतिसत सहलगानीमा औषधी वितरण गरी कृषि प्राविधिक तालिम, भकारो निर्माण, व्वयसाय कसरी गर्ने, व्यवसाय कँहा र्दता गर्ने, आम्दानी कसरी गर्ने लगायतका विषयमा कृषकहरुलाई जानकारी गरायर कृषि व्यवसायमा अग्रसर बनाईएको उनले बताए ।

उक्त तालिमबाट गरिबी निवारण र पोषणमा सुधारमा गर्ने मुख्य उदेश्य रहेको र संचालन भएको तालिमबाट सिकेका ज्ञान सिपहरु व्यवहारमा प्रयोग गरी कृषि व्यवसायमा अग्रसर बन्न कृषकहरुलाई कृषि प्राविधिक हिमाल वलिले सुझाव दिए । कृषि क्षेत्र विकास कार्यक्रमको समवन्यमा कृषि विकास बैक बाट १ करोड १६ लाख रुपैया ऋन प्रवाह गरेर समुहमा आबद्घ कृषकहरुले कृषि व्यवसाय अघि बढाउन सजह भएको कृषि प्राविधिक वलीले बताए ।भेरीगंगा नगरपालिकाका पशुपंक्षी शाखा प्रमुख भोज प्रसाद चपाईले कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै मानिस स्वास्थ रहन पँहेला फलफुल, हरिया सागपात, रैथाने बाली लगायत सन्तुलित खाना र दिनमा प्राप्यात मात्रामा पानी खानु पर्ने बताए । मानिसमा पोषिलो सन्तुलित खानाको कमिले स्वास्थ खानाको ग्यास्ट्रिक्र, सुगर जस्ता रोगहरु लाग्ने गर्भवति महिलाहरुबाट जन्मेका बच्चाहरु अस्वस्थ, कुपोषित हुने भन्दै स्वास्थ र निरोगी हुनलाई पोसिलो सन्तुलित खाना पर्ने चपाईले बताए । भेरीगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गंग बहादुुर खत्रीले आफू वडा अध्यक्ष भएर वडाबाट पोषण युक्त कार्यक्रम संचालन गरेर स्थानियहरुलाई जानकारी गराउन नसके पनि कृषि क्षेत्र विकास कार्यक्रमले वडामा संंचालन भएको अमिलाचौर भैसि पालन समुहमा आबद्घ सदस्यहरुलाई ४० हप्तासम्म वित्तीय शिक्षा तथा व्यवसायिक साक्षारता कक्षा संचालन गरेर सन्तुलित भोजन पोषण युक्त खाना सम्बन्धि जानकारी गराएको प्रती कृषि क्षेत्र विकास कार्यक्रमलाई धन्यवाद व्यक्त गरे ।

आफ्नो वडाको सम्रग र तिर्व विकासको लागि आगामी दिनमा कृषि क्षेत्र विकास कार्यक्रमसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्घता व्यक्त गरे । भेरीगंगा नगरपालिका ११ चिप्लेमा संचालनमा रहेको कोपिला भैसी पालन समुह र भेरीगंगा नगरपालिका १३ रामघाटमा संचालित सृजनशिल कृषि सहकारी समुहमा आबद्घ सदस्यहरुलाई वित्तीय शिक्षा तथा व्यवसायिक साक्षारता कक्षा अन्र्तगत २६ वटा कक्षा संचालन गरेर आफुले संचालन गरेको व्यवसायलाई बिमा कसरी गर्ने, आम्दानीबाट बचत कसरी गर्ने लगायतका विषयमा समुहमाका सदस्यहरुलाई सल्लाह दिएको कृषि क्षेत्र विकास कार्यक्रमका सहजकर्ता रुपा घर्ती मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया