क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । नेपाल टी-२० लिगको गभर्निङ काउन्सिका अध्यक्ष समेत रहेका प्रशान्तले लिगमा विभिन्न विवादका कारण आलोचनापछि मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएका हुन् । गतवर्ष तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्लले कार्यवाहकको जिम्मेवारी पाएका थिए । मल्लले राजिनामा दिएपछि केन्द्रीय सदस्य दुर्गाराज पाठकले कार्यवाहक सचिवको जिम्मेवारी पाएका छन् ।

तपाईको प्रतिक्रिया