सुर्खेत । दैलेखमा गाडि दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतबाट कालिकोट तर्फ जाँदै कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी पाल्तडामा दुर्घटना भएको हो । गाडीमा चालकसहित १५ जना सवार रहेको र ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइतेहरुको उद्धार कार्य भइरहेको र पाल्तडास्थित शाही मेडीकल हलमा उपचार भइरहेको छ । प्रहरीका अनुसार क्षतिको थप विवरण आउन बाँकी रहेको छ । गाडि सडकभन्दा करीब ८० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।


दर्शन खबर । १७ माघ २०७९, मंगलवार