इत्राम खोला पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ८ खजुरा स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ । उनी वीरेन्द्रनगर नगरपालिका १० मा कोठा भाडामा बस्दै आएको बुझिएको छ । मृतक बुमी सोमवार राति साढे १० बजेको समयमा मृत अवस्थामा भेटिएका हुन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया