सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले दायाँबायाँ नसोची २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको चुनावको मिति घोषणा गर्नुपन सुझाव दिएका छन् । उनले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो सुझाव दिएका हुन् ।
फागुनसंवैधानिक संस्थाको गरिमाको लागि पनि राष्ट्रपतिको कार्यकाल सकिनुअगावै चुनाव गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले ट्विटरमा लेखेका छन्, ‘दायाँबायाँ नसोची,नहेरी निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्र्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको शंसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाको लागि श्रेयस्कर हुनेछ,’, ‘यसतर्फ आयोगको बेलैमा ध्यान जाओस् ।’ वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आफू माघ २८ गतेभित्र निर्वाचन गराउने तयारीमा लागेको आयोगले जनाएको छ । तर, सत्ताधारी गठबन्धनबीचमा नै राष्ट्रपतिमा साझा उम्मेदवारको सहमति जुट्न नसकिरहेको बेला चुनावको मितिबारे शंसय पैदा भइरहेको छ।


दर्शन खबर । १५ माघ २०७९, आईतवार