गुर्भाकोटमा वित्तीय व्यवसायिक शिक्षा तथा पोषिलो खाद्य वस्तु प्रर्दशनी

हुम बहादुर कार्की सुर्खेत । गुर्भाकोट नगरपालिका २ मा वित्तीय शिक्षा व्यवसायिक संरक्षण कक्षा तथा पोषण खाद्य बस्तु प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । कर्णाली प्रदेश कृषि क्षेत्र विकास कार्यक्रमको सहयोगमा संचालित मालारानी कृषि तथा पशुपन्छी पालन समूह भुल्के उपसमूह सानो पिप्ले ताजा तरकारी उत्पादन समूह जनमुखी दुग्ध उत्पादन कृषक समूह र लोककल्याणकारी कृषि तथा भैंसी पालन समुहको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उदेश्य बारे बोल्दै विशिष्ट अतिथी एएसडिपीका ग्रामीण बित्त अधिकृत यामलाल खत्रीले यस वित्तीय व्यवसायिक शिक्षा कार्यक्रमले दिगो लक्ष्य प्राप्ती शून्य भोकमारी गरिबी न्यूनीकरण गर्दै वित्तीय शिक्षा व्यावसायिक साक्षरता स्थानीय स्तर मै भएको स्रोत र साधनको परिचालन पोषण खाद्य वस्तु वित्तीय कारोबारको बारेमा जानकारी दिएको थियो ।

यसैगरी कार्यक्रममा एएसडिपीका पोषण अधिकृत रुद्र प्रसाद आचार्यले कार्यक्रमको बारे तथा खाद्य बस्तु पर्दशनीको नतिजा प्रकाशन गर्दै शारीरिक विकास र मानशिक विकासका लागि खानाको मात्रालाई मिलाइ स्वास्थ्यका लागि स्वस्थ भएर बाँच्न आवश्यक रहेको बताए । नेपालमा खानाको असन्तुलितका कारण कुपोषणको अधिक्तम संख्या रहेको हुँदा स्वास्थ्यका लागि खानामा विशेष जोड दिन आग्रह गर्दै यस संस्थाले व्यावसायिक शिक्षा, वित्तीय शिक्षा, पोषिलो खाद्य वस्तु सङ्गै प्रत्येक कार्यक्रममा महिनाको शनिवार बर्षमा ४० दिन सहजकर्ता तथा प्राविधिक मार्फत प्रशिक्षण दिदै आएको समेत बताए ।

कार्यक्रममा पाँच समुहहरुको पोषण खाद्य वस्तु प्रदशनीको मुल्यांकनमा एएसडिपीका अधिकृत आचार्य, खत्री र मालारानी स्वास्थ्य चौकीका गिता ढकाल रहेकी थिईन् ।उक्त नतिजा अनुसार जनमुखि दुग्ध उत्पादन कृषक समूह प्रथम, मालारानी कृषक तथा पशुपालन समूह र भुल्के उप समुह द्धितिय र सानो पिप्ले र लोककल्याणकारी समूह तृतीय भएको थियो । उक्त समुहका लागि पुरस्कारको पनि वितरण गरीएको थियो । कार्यक्रममा कृषि प्राविधिक पबिता बिष्ट सङ्गै पाच समुहका पदाधिकारी स्थानीय समाजसेवी लगायत सरोकार वालाहरुको उपस्थिति रहेको थियो । पोषण खाद्य वस्तु पर्दशनीमा ५२ प्रकार परिकार रहेका थिए । कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका लगायतको अहम भुमिका रहेको थियो । कार्यक्रमको संचालन भने सहजकर्ता भिमा पौडेलले गरेकी थिईन ।

तपाईको प्रतिक्रिया