कोही नआत्तिनुस्, रविको राजीनामाले सरकार केही हुँदैन : सुवास नेम्बाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले सर्वोच्च अदालतको फैसलाबाट हतोत्साही नहुन आग्रह गरेका छन् ।  शहीद दिवसको अवसरमा एमालेले पार्टी केन्द्रीय कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङ्गले हिजो सर्वोच्चको फैसलापछी सृजित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । सर्वोच्चको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले हरेक समस्या संविधान अनुसार नै समाधान हुन सक्ने बताए । लामिछानेको मुद्दामा अदालतले गरेको फैसलाले सरकारमा समस्या नआउनेसमेत उनकाे संकेत छ । वर्तमान सरकारको महत्वपूर्ण साझेदार रास्वपा सभापतिको नागरिकता खारेज प्रकरणले सरकारमै समस्या आउने त होइन भन्ने चासो र चिन्ता भइरहेका बेला आगामी राष्ट्रपती पदका आकाँक्षीसमेत रहनुभएका नेम्बाङले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन् ।


तपाईको प्रतिक्रिया