सुर्खेत । कर्णाली प्रदेशमा चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा १६ हजार भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् । सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका १० जिल्लामा विभिन्न अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न कसुरमा १६ हजार ८ सय ११ वटा सवारी साधनमाथि कारबाही गरेको हो । जसअन्तर्गत सवारी साधनमाथिको कारबाहीबाट रु।एक करोड ३० लाख ८५ हजार राजस्व संकलन भएको कर्णाली प्रदेश ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । जसमा कार्यालय वीरेन्द्रनगरका अनुसार विभिन्न कसुरबाट कार, जिप, भ्यान तीन हजार ६८ वटा कारबाहीमा परेका छन् । जस अन्तर्गत सुर्खेतमा ६ सय ८३, जाजरकोटमा २ सय ९८, सल्यानमा ४ सय ६, दैलेखमा ४ सय ३६, रुकुम पश्चिममा २ सय ५०, जुम्लामा १ सय ४३, कालिकोटमा ३ सय १६, मुगुमा २ सय ४६, डोल्पामा २ सय ७८ र हुम्लामा १२ वटा कारबाहीमा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका असई मोहन पन्तले जानकारी दिए ।
उनका अनुसार उक्त सवारीबाट २४ लाख ८७ हजार राजस्व संकलन गरिएको छ । यस्तै २ हजार ७ सय ४२ यात्रु बाहक बस र मिनिबस कारबाहीमा परेका छन् । जसमा सुर्खेतमा १ हजार ३ सय २७, जाजरकोटमा २ सय ७४, सल्यानमा ३ सय ७९, दैलेखमा २ सय ७३, रुकुम पश्चिममा १ सय ३४, जुम्लामा १ सय ३९, कालिकोटमा २ सय, मुगुमा १६, डोल्पा र हुम्लामा भने चालु आर्थिक वर्ष २०७९र०८० को पहिलो ६ महिनामा यी साधन एउटा पनि कारबाहीमा परेका छैनन् । उक्त सवारी साधनबाट २० लाख ८५ हजार ५ सय राजस्व संकलन गरीएको छ । यस्तै ट्रक र टयाक्टर सुर्खेतमा ९ सय १४, जाजरकोटमा १ सय ३९, सल्यानमा ३ सय, दैलेखमा २ सय ४३, रुकुम पश्चिममा १ सय १८, जुम्लामा १ सय ३८, कालिकोटमा २ सय ४६, मुगुमा ५३, डोल्पामा ११ र हुम्लामा ४ वटा गरी २ हजार २ सय ६६ कारबाहीमा परेका हुन् । उक्त साधनबाट १६ लाख ७२ हजार ५ सय राजस्व संकलन भएको असई पन्तले जानकारी दिए । यस्तै सुर्खेतमा ४ सय ६९, जाजरकोटमा ९४, सल्यानमा ७२, दैलेखमा १ सय ८, रुकुमपश्चिमा १ सय ११ जुम्लामा १ सय ५, कालिकोटमा ४० मुगुमा ७७, डोल्पामा १ सय ५९ र हुम्लामा २ वटा ट्याक्टरबाट १० लाख १५ हजार ५ सय राजस्व संकलन भएको छ ।
यस्तै मोटरसाइकल सुर्खेतमा २ हजार ४ सय ७८, जाजरकोटमा ६ सय ८५, सल्यानमा १ हजार १ सय ५४, दैलेखमा २ सय ५०, रुकुमपश्चिमा ८ सय २४, जुम्लामा २ सय ९४, कालिकोटमा १ सय ९७ मुगुमा १ सय २५, डोल्पामा १ सय ७१ र हुम्लामा २४ वटा कारवाहीमा परेको पन्तले जानकारी दिए । उनका अनुसार कारबाहीमा परेका मोटरसाइकलबाट ४८ लाख ४४ हजार ५ सय रकम राजस्व संकलन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरीएको छ । यस्तै टेम्पो र अन्यबाट ९ लाख ८० हजार राजस्व संकलन गरीएको छ भने १ हजार ४ सय ९ साधन कारबाहीमा परेका छन् । जसमा सुर्खेतमा ७ सय ९६, जाजरकोटमा २६, सल्यानमा ११७, दैलेखमा ८६, रुकुमपश्चिमा ५१, जुम्लामा २ सय ४९, कालिकोटमा ७१, मुगुमा २, डोल्पामा ११ र हुम्लामा एउटा पनि सवारी कारबाहीमा नपरेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । सवारी साधन कारबाहीमा पर्नुमा क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भइ मोटरसाइकल चलाउने प्रवृति बढेकाकाले राजमार्ग तथा अन्य सहायकमार्गमा सवारी चेकजाँच कडाइ गरिएको पन्तको भनाइ छ ।
आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली प्रदेशमा १९ हजार ७ सय ६४ सवारी साधन कारबाहीमा परेका थिए भने उक्त सवारीबाट १ करोड ७२ लाख ६४ हजार ३ सय राजस्व संकलन भएको थियो । यस्तै ०७७र०७८ मा २१ हजार ८९२ वटा सवारीबाट २ करोड ४४ लाख ८९ हजार ५ सय राजस्व संकलन भएको असई पन्तले जानकारी दिए । उनका अनुसार गत आर्थिक ०७८/०७९ मा ४० हजार ४४२ वटा कारबाहीमा परेका सवारीबाट ३ करोड ३२ लाख ६३ हजार राजस्व संकलन भएको थियो । यस चालु आर्थिक वर्ष ०७९/०८० को पहिलो ६ महिनामा १६ हजार ८११ सवारी कारबाहीमा परेका छन् भने १ करोड ३० लाख ८५ हजार राजस्व संकलन भएको छ । सुर्खेतमा सबैभन्दा बढी सवारी साधन कारबाही परेका छन् भने हुम्लामा सबैभन्दा कम कारबाहीमा परेका छन् । जसमा चालु आर्थिक वर्षको ६ महिनामा मात्रै सुर्खेतमा ६ हजार ६ सय ४६ र हुम्लामा ४२ वटा मात्रै सवारी साधन कारबाहीमा परेका छन् । प्रहरीले पछिल्लो समय चालकसँग एक मिनेट लगायतका विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको हुँदा यस चालु आर्थिक वर्षमा भने सवारी साधनहरु कम कारबाहीमा पर्ने अनुमान गरिएको पन्तको भनाइ छ ।


दर्शन खबर । १४ माघ २०७९, शनिबार