जुम्लामा एक जनाको शव फेला

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकामा एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृत भेटिनेमा पातारासी गाउँपालिका कै ४७ वर्षीय जोरासिंह बुढा रहेका छन् । उनी सोमबार दिउँसो गाउँपालिकास्थित डिल्ली साना जलविद्युत आयोजनाको नालामा मृत फेला परेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

तपाईको प्रतिक्रिया