उपसभामुख राना मगरले लिइन् शपथ

काठमाडौं। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले शपथ लिएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा भएको एक समारोहका बीच सोमबार सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।



तपाईको प्रतिक्रिया