सुर्खेत । नेपाली काँग्रेस कर्णाली प्रदेश सभा संसदीय दल नेता जीवन बहादुर शाहीले नेकपा माओवादी केन्द्रको सरकारलाई संकटमा साथ दिने गरी आज विपक्षमा मतदान गर्ने बताएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छटौं बैठकमा बोल्दै शाहीले यस्तो बताएका हुन् । ‘उहाँहरुलाई आवश्यक विश्वासको मत छदैंछ । उहाँले पाउँने विश्वासको मत त बैँकबाट निकालेको नयाँ पैसा जस्तै छ । मत गन्दा पनि बैँकबाट निकालेको पैसा जस्तै खटखट बज्ने छ । ’ उनले भने ‘आफुलाई भोट हाल्ने मन हुँदाहुदै पनि विपक्षीमा मत हाल्नु पर्ने बाध्यता छ ।’ सत्तारुढ गठबन्धनसँग प्राप्त मात्रामा मत भएका कारण नेपाली काँग्रेस प्रमुख प्रतिपक्षमा नै बस्ने बताए ।
तपाईको प्रतिक्रिया
दर्शन खबर । ६ माघ २०७९, शुक्रबार