कर्णाली प्रदेश सभाको नेतृत्व गर्ने अवसर महिलालाई

सुर्खेत । कर्णालीमा प्रदेशसभाको नेतृत्व गर्ने अवसर यस पटक महिलाले पाएका छन् । यसअघि महिलालाई संसदमा प्रथामिकतामा नराखेको बारे विभिन्न टिकाटिप्पणी भएको हुँदा यस पटक भने कर्णाली प्रदेशसभाको नेतृत्व गर्ने अवसर महिलालाई मिलेको हो । प्रदेश सभाको सभामुखमा एमालेकी नन्दा गुरुङ्ग र उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् । कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनले सभामुख र उपसभामुख दुवै पदमा महिलालाई नै उम्मेदवार बनाएको थियो भने नेपाली कांग्रेसले सभामुखको लागि एक जना पुरुष र उपसभामुखको लागि एक जना महिलालाई उम्मेदवार बनाएको थियो । प्रदेशसभामा कांग्रेसका १४, माओवादीका १३, एमालेका सभामुखसहित १०, राप्रपा र एकीकृत समाजवादीका र स्वतन्त्रका एक–एक जना गरी ४० जना सांसद छन् । ४० जना सांसद रहेकोमा तर प्रदेशसभाको दोस्रो कार्यकालको पहिला अधिवेशनको तेस्रो बैठकमा ४० जना र पाचौँ वैठकमा ३८ जना सांसद सहभागि भएका थिए । कर्णालीमा सत्तारुढको पक्षमा २५ र नेपाली कांग्रेसको पक्षमा १५ जना सांसद रहेका छन् । सत्तारुढ गठबन्धनले बनाएका महिला उम्मेदवारको जित निश्चित देखिएको थियो । यसकारण पनि संसदले महिला नेतृत्व पाएको दलहरूले बताएका छन् ।

कर्णाली प्रदेशसभामा महिलाले नेतृत्व गर्ने अवसर पाए पछि समाजमा केही रुपान्तरण आउने र यसले महिलालाई नेतृत्वमा अघि वढ्न थप प्रेरित गर्ने आशा गरीएको छ । प्रदेशसभा सभामुखको आईतबार भएको निर्वाचनमा गुरुङ्गले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् । गुरुङ्गलाई एमालेको १०, नेकपा माओवादी केन्द्रको १३ र राप्रपाको एक मत गरी जम्मा २४ मत प्राप्त भएको थियो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरेका थिए । पोखरेलले कांग्रेसको १३ र नेकपा एकीकृत समाजवादीको एक मत प्राप्त गरेका हुन् । ज्येष्ठ सदस्य कांग्रेसका हिकमतबहादुर बिष्ट एकजना स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले भने पोखरेलको पक्षमा मतदान गरेनन् । कर्णालीको दोस्रो सभामुख बनेकी गुरुङ्ग समानुपातिक कोटाबाट सांसद बनेकी हुन् । सुर्खेतबाट समानुपातिकमा निर्वाचित सभामुख गुरुङ कर्णाली प्रदेश सभाको इतिहासमा पहिलो महिला सभामुख भएकी छिन । सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएकी गुरुङ्गको प्रस्तावकमा सुर्खेत निर्वाचन क्षेत्र २ पदेशसभा (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित यामलाल कँडेल र मुख्यमन्त्रीे राजकुमार शर्मा सर्मथकमा रहेका थिए ।

यस्तै सुर्खेतको निर्वाचन क्षेत्र नम्बर एक (क) बाट निर्वाचित भएका नेपाली काँग्रेस सुर्खेतका सभापति पोखरेलको प्रस्तावकमा दैलेख निर्वाचन क्षेत्र नम्बर एक (क) बाट निर्वाचित पूर्ण बहादुर खत्री र कालिकोटकी सांसद विजया बुढा रहेकी थिईन् । यस्तै उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छिन् । बुधबार दिउँसो प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको समर्थन पाएकी न्यौपानेले २४ मत पाएर निर्वाचित भएकी हुन् । ४० सदस्यीय प्रदेशसभामा न्यौपानेलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावकमा कृष्णबहादुर जिसी र विनोद कुमार शाह समर्थकमा रहेका थिए । उनलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा १४ मत परेको थियो भने जुम्ला प्रदेशसभाबाट निर्वाचित देबेन्द्र कुमार शाही तटस्थ बसको थिए । कालिकोटकी न्यौपाने समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् । न्यौपानेलाई माओवादी केन्द्रको १३, नेकपा एमालेका ९, एकीकृत समाजवादी र राप्रपाका एक र एक जना प्रदेशसभा सदस्यले मतदान गरेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाचौँ बैठकमा सभामुख गुरुङ्गले जानकारी दिएकी थिईन् । कालीकोटकी न्यौपाने समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् । कर्णाली प्रदेशमा सत्ता गठबन्धनमा माओवादीले मुख्यमन्त्री, एमाले सभामुख र माओवादीले उपसभामुख लिने सहमति भएको थियो ।


तपाईको प्रतिक्रिया