शिवालय ६ को वडा कार्यालय भवन शिलन्यास

जाजरकोट । शिवालय गाउँपालिका वडा नम्वर ६ को भवन निमार्णको काम सुरु भएको छ । शिवालय गाउँपालिका ६ को पोखरामा निर्माण हुने उक्त वडा कार्यालय भवनको बुधबार एक समारोहका बीच शिवालय गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाहीले शिलन्यास गरेका हुन् । शिलन्यास समारोहमा बोल्दै अध्यक्ष शाहीले वडा कार्यालयको भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने बताएका छन् । अध्यक्ष शाहीले सेवाग्राहीको चाहाना अनुसार गाउँपालिकाले काम गरिरहेको भन्दै आगामी दिनमा पनि सेवाग्राहीकै चाहाना र लक्ष्य अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भवन निर्माणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ११ लाख रुपैयाँ र आर्थिक बर्ष २०७७र०७८ मा ५ लाख गरी करीब १६ लाख बजेट विनियोजन गरेको जानकारी दिए । १६ लाख बजेटले फिल्ड, खाडल, पिल्लर र भौतिक सामाग्रीहरु खरिद गरीने छ । अध्यक्ष शाहीका अनुसार अहिले १६ लाख मात्रै बजेट विनियोजन गरीएको र बाँकी आवश्यक बजेट पनि थप गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै उपाध्यक्ष गिता शाहीले गाउँपालिकाले कानून निर्माणदेखि पूर्वाधार निर्माणसम्मका कामहरुलाई प्राथमिकताका आधारमा अगाडि बढाइरहेको बताईन् । उनले वडास्तरमा सेवाकेन्द्र सरहका सेवा प्रवाह गर्ने गरि तिनको व्यवस्थापनको काम भइरहेको बताउदै राजनीति स्वाःर्थ छाडेर गाउँपालिकाले गरिरहेको कामको चर्चा गरेकी थिईन् ।

भवन शिलन्यास समारोहमा उपप्रमुख गिता शाही, असिस्टेन सवइन्जिनियर हिमाल राना सहित वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, नागरिक अगुवाहरुको सहभागिता रहेको थियो । यो भवन एक तलाको हुने छ । जसमा चार कोठा, एक शौचालय, एक सभाहल र एक बाथरुम बन्नेगरि डिजाइन गरिएको असिस्टेन सवईन्जिनियर रानाले बताए । यस वडा भवन निर्माणको लागि २०७७ सालमा सम्झौता भएको थियो । सम्झौता भएको तिन वर्ष पुग्न लागिसक्दा पनि भवन निर्माण हुन सकेको थिएन् । सम्झौता भएको मितिदेखि नै उपयुक्त जग्गा नहुँदा भवन निर्माणमा ढिलाई भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए । भवनको लागि जनताले उपयुक्त स्थान छनौट गर्छन होला भन्ने हेतुले पटकपटक काम रोक्दै आइरहेको भएपनी जग्गाको लागि आजसम्म कुनै पहलकदमी नभएपछी र पालिका सरकार वडा सरकार बाट भवन बनाउनुपर्ने भन्ने आदेश आएपछी पोखरामा भवन निर्माण कार्य शुरु भएको समितिका अध्यक्ष थापाले बताए । भवन निर्माणका लागि हाल सम्म २ पटक भन्दा वढि म्याद थप गरीएको छ । गत आर्थिक वर्षका मात्रै करीब १० लाख बराबरको बजेट फ्रिज भएको थापाले बताए । भवन निर्माणको लागि शिवालय गाउँपालिका वडा नम्बर ६ का स्थानियहरुले साढे ११ रोपनी जग्गा उपलब्ध गराएका हुन् ।

तस्विरहरु

May be an image of 10 people, people standing, tree and outdoorsMay be an image of 11 people and mountainMay be an image of 11 people, outdoors and tree

तपाईको प्रतिक्रिया