हुम बहादुर कार्की, सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्वर १ मालारानी राम्रीकाँडा निवासी सुनिता कार्की डेढ साता देखि डेढ बर्षे छोरा छाडेर बेपत्ता भएकी छिन ।
गत पौष २१ गते का दिन उपचारका लागि नेपालगन्ज हिडेकी बेपत्ता कार्की सम्पर्क बिहिन भएको परिवारीक श्रोतले जानकारी दिएको छ । नेपालगन्ज हस्पिटलमा आफन्तजन संग गएर उपचार गरि पौष २५ गते घर फर्केको फोन मार्फत जानकारी गराए पश्चात सोही दिन देखि फोन स्वीच अफ गरी बेपत्ता भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । फोन अफ भए लग्गतै पर्सि पल्टको दिन इलाका प्रहरी कार्यलय कोहलपुर खोजी कार्यका लागीे निबेदन दिई खोजी कार्य अघि बढाइएको कार्कीका श्रीमान देब बहादुर कार्किले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय कोहलपुरले निबेदन दर्ता भए संगै खोजी कार्य अघि बढेको बताएको छ । हराएकी सुनिता कार्की गएको भदौ महिनामा रोजगारिका लागि बिदेश गएको र एक महिना पछि बिरामीभै घर फर्किएकी थिईन् ।
३७ बर्षकी कार्कीको ३ छोरी १ छोरा रहेका छन् । छोराछोरी आमा बिहिन हुँदा बालबालिकाको बेजोक भएको स्थानीयहरुले बताएका बताएका छन् । कार्कीलाई फेला पार्नेे महानुभावले नजिकै को प्रहरी चौकी अथवा आफन्तको सम्पर्क नम्वर ९८६४८७८६३९ मा सम्पर्क गरि सहयोग गर्न उनका श्रीमानले आग्रह गरेका छन् ।


दर्शन खबर । ३ माघ २०७९, मंगलवार