कर्णाली सभामुखमा कांग्रेसका पोखरेल र एमालेकी गुरुङ प्रतिस्पर्धा गर्दै

सुर्खेत । कर्णाली प्रदेश सभामुखका लागि नेपाली कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । उनले शनिवार विहान ११ बजे समयमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी कांग्रेसका सुर्खेत जिल्ला सभापति रहेका पोखरेल नेपाली कांग्रेस सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । त्यस्तै नेकपा एमालले सभामुखका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । शनिबार एमालेले सभामुखको लागि नन्दा गुरुङको नाम टुङ्गो लगाएको हो ।

एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले सभामुखका लागि गुरुङको नाम टुङ्गिएको र दिउँसो ४ बजे उम्मेदवारी दर्ता गर्ने तयारी रहेको बताए । सत्तारुढ दलको भागबन्डामा कर्णालीको सभामुख एमालेको भागमा परेको छ भने उपसभामुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ । एमालेकी गुरुङ सुर्खेतबाट समानुपातिक प्रदेशसभा सदस्य हुन् ।


तपाईको प्रतिक्रिया