सुर्खेत । पन्चपुरीमा प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका वडा नम्बर २ का २२ वर्षीय गगन थापालाई विहिवार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी सालकोटले भरुवा बन्दुक एक थान र बन्दुकको एक नाल बोकी सिस्ने काँडा जंगलमा हिडिरहेको अवस्थामा थापालाई पक्राउ गरेको जनाएको छ । बन्दुक सहित थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


दर्शन खबर । २९ पुष २०७९, शुक्रबार