कर्णालीको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति

सुर्खेत । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न सहमति गरेका छन् । पाँच वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने केन्द्रमा शीर्ष नेताबीच सहमति भए पनि कर्णालीमा साढे दुई / दुई वर्ष मुख्यमन्त्री आलोपालो बन्नेमा सहमति भएको हो । माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई वर्ष नेतृत्व गर्ने र त्यसपछि एमाले संसदीय दलका नेता यमलाल कँडेलले नेतृत्व गर्ने गरी सहमति भएकाे हो । कर्णाली प्रदेशमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १० सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एकीकृत समाजवादीका १/१ जना सांसद छन् भने १ जना स्वतन्त्र सांसद छन् ।


तपाईको प्रतिक्रिया