दैलेखमा आगलागीमा परी एक जना राउटे घाइते

दैलेख। दैलेखमा आगलागीमा परी एक जना राउटे घाइते भएका छन् । जिल्लाको नारायण नगरपालिका ८ लोहोरेनजिकै जंगलमा टहरो बनाएर बस्दै आएका अन्दाजी ३४ वर्षीय नारायण शाही मंगलबार राति सुतेको बेला ओढेको कम्बलमा आगो लाग्दा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनलाई बुधबार बिहान साँढे ९ बजे उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएकोे छ ।

तपाईको प्रतिक्रिया