मेला स्थानमा सरसफाई

सुर्खेत ।
लेकवेशी नगरपालिका वडा नम्बर–६, कल्यान, सुर्खेतमा परम्परागत रुपमा सञ्चालन हुने मेला स्थान सरसफाई गरिएको छ ।
आईतबार लेकवेशी युथ प्यानलको आयोजना तथा लेकवेशी नगरपालिका, लेकवेशी नगरपालिका ६ नम्बर वडा कार्यालय र इलाका प्रहरी कार्यालय लेकवेशीको समन्वयमा मेला स्थानमा सरसफाई गरिएको लेकवेशी युथ प्यानलका अध्यक्ष नाराण ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरसफाईमा  युथ प्यानलका पदाधिकारी, लेकवेशी नगरपालिका उप–प्रमुख बिमला कुमारी खड्लुक, ६ नम्बर वडा अध्यक्ष प्रतिमान बाँकावल, इलाका प्रहरी कार्यालय लेकवेशी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।



तपाईको प्रतिक्रिया