हुम बहादुर कार्की सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर २ स्थित दर्खासेमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा करिब छ महिना देखि विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । भुतपुर्व अध्यक्ष निर्देश वलिको विद्यालय व्यवस्थापन समिति टिमको लगतै आर्थिक बर्ष सुरु भए सङ्गै पदभार सकिए पछि नयाँ समिति चयनको प्रक्रियामा बैठक करिब एघार पटक बसेको छ । भुतपुर्व वद्यालय व्यवस्थापन समितिको पदभार २०७९ असार महिनामा सकिएको थियो । गत साउन महिना भित्र नयाँ समिती चयन गरिसक्नु पर्ने भएता पनि विद्यालयले लामो समय बितिसक्दा पनि नयाँ समिति पाउन सकेको छैन ।
जस कारण विद्यालय को पठनपाठन भौतिक पुर्वाधार विकास लगायत विविध विषयहरुमा समस्या भएको भएको प्रधानध्यापक कासिराम वलिले जानकारी दिए । असार महिना देखि यता एघार पटक समिती गठनका लागि बैठक बस्दा अझै सम्म पनि केही टुङ्गो नलागेको र अध्यक्ष पदका लागि धेरै आकाक्षी भएका कारण पनि सहमती जुट्न नसकेको प्रअ वलीले बताए ।पुर्ब विव्स समितीको पदभार समाप्त भए सङ्गै अध्यक्षको यस विद्यालयका नियमित बैठकहरुमा उपस्थित नभएको र भौतिक निर्माण कार्य हरु लगायत विद्यालयको शिक्षा समेत छताछुल्ल भएको स्थानीय अभिभावक राम बहादुर वलिले बताए ।

जसकारण शिक्षकको नियमितता आचारसंहिता पालना विद्यालयको पढाई-लेखाई रेखदेख सङ्गै बवकास निर्माण कार्यबाट पछि पर्नुका साथै प्रशासन संचालन, शिक्षक नियुक्ति, राहत दरबन्दी, तलब जस्ता विषयहरुबाट पछि परेको अभिभावक हरुको भनाइ छ । उक्त्त विद्यालयमा नव निर्मित शौचालय गुर्भाकोट नगरपालिका को रु ७ लाख रकम बिनियोजित भए सङ्गै निर्माण कार्य गर्दा करिब ३ लाख घाटा हुन गएको छ । उक्त घाटा भएको रकम कसले भुक्तानी गर्ने भन्ने बिषयले पनि विव्यस गठन प्रक्रिया लम्बिएको अभिभावकहरुको आकलन रहेको छ ।


दर्शन खबर । ९ पुष २०७९, शनिबार