प्रचण्ड फेरि प्रधानमन्त्री बन्दैनन् : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन् । एमाले प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले शनिवार काठमाडौंस्थीत पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । प्रचण्डले फेरि एकपटक प्रधानमन्त्री हुन अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया आएपछि फेरी अर्को तरङ्ग उत्पन्न भएको छ ।

ओलीले समयमा कदम नचालेकाले प्रचण्डको प्रधानमन्त्री हुने इच्छा समाप्त भएको तर्क गरे । अरुले पनि समयमा कदम नचाले देश फेरि पनि देश मध्यावधि निर्वाचनतर्फ धकेलिन सम्भावना समेत औल्याए । अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको बताए ।

तपाईको प्रतिक्रिया