सहिल अन्सरी नेपालगञ्ज । अनौपचारिक तथा बैकल्पिक शिक्षा अन्तर्गत संचालित खेल्दै सिक्ने केन्द्रको १९ महिने समिक्षा कार्यशाला शुक्रवार नेपालगंजमा सम्पन्न भएको छ । जय पृथ्वी नमुना सामुदायिक सिकाई केन्द्र र समुन्नत नेपाल काठमाडौंको संयुक्त आयोजना, नेपालगंज उपमहानगरपालिकाको समन्वय र युनिसेफ नेपालको आर्थिक सहयोगमा समिक्षा बैठक सम्पन्न भएको हो ।शिक्षाको मुलधार बाट बाहिर तथा सडक र श्रमिक बालबालिकाहरु लाई लक्षित गर्दै नेपालगञ्ज उपमहानगरपालिका वडा न८, १४, १९ र २० मा संचालित खेल्दै सिक्ने केन्द्र लाई अब आउने सन् २०२३ बाट कुन दिशामा लैजाने भन्ने बारे कार्यक्रमका सहभागीहरुले छलफल गरेका हुन् ।
समिक्षा कार्यशालामा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले खेल्दै सिक्ने केन्द्रले गर्दै आएको कामको प्रशंसा गर्दै संविधानले व्यवस्था गरेको हरेक बालबालिकालाई शिक्षा व्यवस्थालाई सुनिश्चित गर्न आवश्यक रहेको बताउदै खेल्दै सिक्ने केन्द्रलाई निरन्तर गर्न शिक्षा समिति र कार्यपालिका बैठकमा छलफल गरि यसलाई निरन्तर गर्नमा जोड दिए । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष कौशल धोबीले भने “ खेल्दै सिक्ने केन्द्र हाम्रो वडाको लागि आवस्यकता हो, हामीले यसलाई निरन्तर गर्ने पर्छ साथै खेल्दै सिक्ने केन्द्र बाट निस्केका लाई व्यवसायिक सिप सिकाउन एक अपरिहार्य रहेको जोड दिदै यसका लागि वडा बाट नै बजेट विनियोजन गरि निरन्तर गर्न प्रतिबद्दता छौ । ”
यस्तै नेपालगञ्ज १४ का वडा अध्यक्ष मजहर अली शाहले समेत खेल्दै सिक्ने केन्द्रलाई आवस्यकता रहेको औल्याउदै यसको निरन्तरतालाई थप सहकार्य र समन्वय गर्न आवश्यक रहेको बताए । नेपालगञ्ज १९ का अध्यक्ष परशराम कुर्मीले भने “ खेल्दै सिक्ने केन्द्र पहिला भन्दा अहिले एकदम राम्रो हुँदै गएको छ । यसका लागि वडाले समेत सहयोग गरेको छ, र आगामी दिनमा समेत हामीले खेल्दै सिक्ने केन्द्रलाई निरन्तर दिने छौँ । ” कार्यशालामा समुन्न्नत नेपालका पवन अधिकारीले प्रगति समिक्षा प्रस्तुत गर्दै स्थानीय सरकारले बिधालयमा रहेका र बाहिर रहेका बालबालिकाको वडा टोल अनुसारको तथ्यांक संकलन र त्यसको नियमित आवधिक र प्रमाणीकरण गर्न आवश्यक रहेकाे उल्लेख गरे ।
स्थानीय सरकारले बिद्दमान ऐन कानुनमा भएको व्यवस्था अनुसार औपाचारिक तथा अनौपचारिक शिक्षाको माध्यमबाट कम्तिमा आधारभूत तह समाको अनिवार्य र निशुल्क शिक्षाको अधिकार सुनिश्चित गर्न पालिकाको नीति योजना र कार्यक्रम सहित अगाडी बढ्न आवश्यक रहेको बताए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा तथा युवा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापा, नेपालगञ्ज ४ का अध्यक्ष गोपाल पुन, वडा नम्बर २ का अध्यक्ष मनोज श्रेष्ठ, वडा नम्बर १३ का अध्यक्ष सुरेश सिंह ठाकुर,वडा नम्बर १५ का अध्यक्ष मदन बिक्रम शाह, १६ का अध्यक्ष कालिम जोलाह,वडा नम्बर ९ का अध्यक्ष गोबिन्द रेग्मी, २१ का अध्यक्ष राजकुमार साहु लगायतको सरोकारवाला निकायको उपस्थिति रहेको समुन्नत नेपालका सुलभ गिरिले जानकारी दिए ।



दर्शन खबर । ९ पुष २०७९, शनिबार