दुर्गा विसि । वडा वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको सिम्ता गाउँपालिका आ.व २०७९/०८० को वजेट योजनाका सम्झौताहरु समेत वडामै पुगेर सो काम गर्ने भएको छ । उपभोक्ताको समय, दुख,झनझेट,आर्थिक मार लगाएतका कुराहरूलाई मध्यनजर राखि गाउँपालिकाको टिम वडा वडामै पुगेर योजनाहरु सम्झौता गर्ने निर्णयमा पुगेको प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिए । सिम्ता गाउँपालिकाले लक्ष्मि बैंकको टोलि सहित प्रत्येक वडा वडामा पुगेर समाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।यो पनि असहाय ,वृद्ध वृद्धाको स्वास्थ्य,शारीरिक अवस्था,भौगोलिक विकटता आदि कारणले भत्ता वुझ्न बैंकमा आउँन समस्या हुने भएकोले फुहरुले यो आर्थिक वर्ष देखि यस्तो कार्य गर्दै आएको जनाएको छ ।
गाउँपालिकामा आउदा उपभोक्ताको पैसा खर्च,दुख र विभिन्न समस्या हुने भएकोले वडामै पुगेर योजना सम्झौता अभियानमा जुटेको गाउँपालिका अध्यक्ष ऎनवहादुर चन्दको समेत भनाइ रहेको छ । मुख्यमन्त्री र प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना सम्झौता सम्पन्न भइसकेको र अन्य योजना सम्झौतामा जुटेका गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको यो कदम प्रती जेष्ठ नागरिकहरु खुसि वनेका छन भने वडामै पुगेर सम्झौता गर्ने कुराले झन सजिलो वनाएको स्थानीयको भनाइ रहेको छ ।योजना सम्झौताको काम यहि पुस ७ गतेदेखि १ नम्बर वडा कार्यालय घोरेटाबाट सुरु गर्ने भएको छ ।


दर्शन खबर । ६ पुष २०७९, बुधबार