रविको पार्टी पनि सरकारमा सहभागी हुने संकेत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारमा जाने संकेत गरेका छन् । सोमवार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा सहभागि हुँदै गर्दा सञ्चारकर्मीहरूलाई प्रतिकृया दिँदै उनले आफ्नो पार्टीले सरकारमा जाने नजाने निर्णय गरिनसके पनि छलफल भईरहेको बताए । उनले आफ्नो पार्टीभित्र चलिरहेको छलफलले छिटै निश्कर्ष दिने पनि बताएका छन् ।


तपाईको प्रतिक्रिया