दुर्घनामा परि २ को मृत्यु, २९ घाइते


सुर्खेत ११ भदौ ।
बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएकोे छ भने २९ जना घाइते भएका छन् । जाजरकोटदेखि नेपालगन्जतर्फ जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस भेरीगंगा नगरपालकाको एमाले मोडमा दुर्घटनामा जाजरकोट बारेकोट गाउँपालिका–७ की २५ बर्षिया लक्ष्मी बस्नेतको मृत्यु भएको छ भने मृतक एक जनाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रवी रावलले जानकारी दिए ।
दुर्घटनामा २९ जना घाईते भएको प्रहरीले जनाएको छ । सल्यान बनगार्ड कुपिन्डे दह नगरपालिका वडा न.११ खनियाखर्कका खिम बहादुर.बि.क., डोल्पा त्रिपुरासुन्दरी नगरपालिकाका रामबहादुर बोहरा, रुकुम आठबिसकोट नगरपालिका–९ का ललिता खड्का, डोल्पा नर्कुकालिका नगरपालिका –५ का कर्ण बुढा घाइते भएका छन् ।
यस्तै, चौरजहारी नगरपालिका–२ का टिकाप्रसाद गौतम, जाजरकोट नलगार्ड नगरपालिका–२ का चंखे बादी, तिला बादी, सन्ध्या बादी, नलगार्ड नगरपालिका–२ बस्ने बर्ष २०को गोबिन्द बादी, नलगार्ड नगरपालिका–२ बस्ने बर्ष १ कि बालिका स्मारिका बादी, बारेकोट गाउँपालिका–७ बस्ने बर्ष २६ की रेस्मा सिह बस्नेत, नलगार्ड नगरपालिका–२ बस्ने बर्ष १२ कि सन्ध्या बादी, नलगार्ड नगरपालिका–२ बस्ने ७ महिनाकी सुस्मिता बस्नेत घाइते भएका छन ।
यस्तै, नलगार्ड नगरपालिका–२ बस्ने बर्ष २० को मदन बादी, बारेकोट गाउँपालिका–७ बस्ने वर्ष ७ कि तारा बस्नेत, नलगार्ड नगरपालिका–१३ का रामबहादुर शाही, रुकुम आठबिसकोट नगरपालिका –६ का जनक बोहरा, सुर्य कान्त बोहरा, कर्ण ब.बिक, मन कुमारी बिक, आठबिसकोट नगरपालिका–१३ बस्ने बर्ष ३४ तस्बिस नेपाली, आठ्बिसकोट न.पा.१४ बस्ने बर्ष २४ को इन्द्र प्रकास मल्ल, सानोभेरी गाउँपालिका–५ बस्ने बर्ष ३० को लाल बहादुर बस्नेत, भारत बहराईज बस्ने बर्ष ३५ को बुद्दुखां गुजरान घाइते भएका छन ।
प्रहरीका अनुसार घाइते हुनेहरुको हाल कोहलपुर मेडिकल कलेज, नर्सिङ्ग होम नेपालगञ्जमा उपचार भइरहेको छ ।


तपाईको प्रतिक्रिया