कालिकोटमा बेपत्ता भएका दुई जनाको शव भेटियो

कालिकोट । गत शनिवार कालीकोटमा डोजर दुर्घटनामा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव भेटिएको छ । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका १ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । शव भेटिनेहरुमा सान्नी त्रिवेणी १ का १९ वर्षीय उमेश गिरी र डोजर चालक अछामका कमल सोडारी रहेको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक मित्र श्रेष्ठले जानकारी दिए ।

उक्त शव सहायक प्रहरी निरीक्षक आशिष रावतको कमान्डमा कालीकोट पुगेको गोताखोरको टोलीले भेटाएको हो । गोताखोरको टोलीले घटनास्थलमा सान्नी त्रिवेणी गाउँपालिका १ का १४ वर्षीय रक्तिम कार्कीको शव खोजिरहेको छ । शनिवार भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो । जसमा एक जना अझै पनि बेपत्ता छन् । दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।


तपाईको प्रतिक्रिया