एमयुमा पत्रकारिता अध्ययन गर्ने विद्यार्थिहरुकोे संख्या बढ्दै

सुर्खेत ।
वि.सं २०६६ सालमा स्थपना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पछल्लो समय पत्रकारिता अध्यन गर्ने विद्यार्थिहरुकोको संख्या बढेको छ ।
विश्वविद्याालयले मानविकी तथा समाज शास्त्र संकाय अन्तर्गत नयाँ शैक्षिक शत्रकालागि स्नातक तह पहिलो वर्षको भर्ना खुलाएको जानकारि समेत गराएको छ ।
१० वटा क्याम्पसलाई आंगिक क्याम्पसको मान्यता प्रदान गरिसकेको विश्वविद्यालयले पूर्ण रुपमा सेमेष्टर प्रणालीबाट अध्यापन हुँदै आएको छ ।
सोमबार क्याम्पसमा आयोजित पत्रकार सम्मेलनको आयोजना गर्दै क्याम्पस प्रमुख तेज विक्रम बस्नेतले पत्रकारिता विषयका अलावा मानविकी, समाजशास्त्र, ग्रामिण विकास, राजनितिशास्त्र लगायत अन्य विषयमा समेत विद्यार्थीको चाप बढ्दै गएको जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष देखिनै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमानै स्नाकोत्तर अध्ययन हुने भएकोले बाहिर जानु नपर्ने क्याम्पश प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
यहि भदौ २० गतेसम्म नयाँ शैक्षिक शत्रकालागी भर्ना खुल्ला गरिएकाले सबैलो आ आफ्नो स्थानबाट जानकारि दिन हुन पत्रकारिता विषयका प्रमुख प्रध्यापक युवराज शमाले अनुरोध समेत गर्नुभयो ।
हाल विश्वविद्यालयमा कर्णाली प्रदेशका सबै जिल्लाहरुका साथै, प्रदेश नम्वर ५ र सुदुर पश्चिम प्रदेशका जिल्लाहरुबाट समेत विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् ।


तपाईको प्रतिक्रिया