बाँके । बाँकेका पत्रकार हेमन्त चौधरीलाई धम्कि आएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाका सह-सचिव एवं राप्तीसोनारी खबर डटकम अनलाइनका सम्पादक समेत रहेका चौधरीलाई धम्कि आएको छ । सिक्टा सब डिभिजन वन कार्यालयका प्रमुख सुनिल आचार्यले सार्वजनिकरुपमा दुर्व्यवहार र भौतिक आक्रमणको धम्की दिएका हुन् । २०७९ मंसिर २५ गते शनिवार राप्तीसोनारी गाउँपालिका वडा नं. ४ स्थित जानकी सामुदायिक वन उपभोक्ता समितिको भवन परिसरमा आयोजित साधारणसभामा उपस्थित सहायक वन अधिकृत आचार्यले समाचारको विषय उठाएर सिध्याइदिने धम्की दिएको पीडित पत्रकार चौधरीले बताए । यसै बिच पत्रकार चौधरीलाई धम्किएको बिषयलाई लिएर नेपाल पत्रकार महासंघ बाँके शाखाले ध्यानाकर्षण जनाएको छ । पत्रकार महासंघ बाँकेको तर्फबाट एक विज्ञप्ति जारी गर्दैँ पत्रकारलाई सार्वजनिक रुपमा दुर्व्यवहार र भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानार्कषण भएको जनाएका छन् ।


दर्शन खबर । २५ मंसिर २०७९, आईतवार