वीरेन्द्रनगरबाट फरार प्रतिबादी पक्राउ

सुर्खेत । वन मुद्वामा फरार रहेका एक जनालार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका १० बस्ने २८ वर्षिय अनिल कार्की रहेका छन् । उनलाई प्रदेश व्युरोको प्रहरी टोलीले आईतवार अन्दाजी विहान ११ः३५ बजेको समयमा पक्राउ गरेको हो । पक्राउ परेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याएर ३ महिना ५ दिन कैद र २८ हजार ९ सय ४४ रुपैयाँ जरिवाना ताकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । फरार प्रतिबादीलाई थप अनुसन्धानका लागि वन कार्यालय पठाएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया