नेकपाभित्र अब सार्वजनिक रुपमा नेतृत्वको विरोध गर्न नपाइने

काठमाडौँ । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी्भित्र आफ्नो पार्टी र नेताविरुद्ध सार्वजनिक रुपमा विरोध तथा आलोचना गर्न नपाइने भएको छ ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको सचिवालय बैठकले आफूलाई लागेका कुनै पनि विषयहरु पार्टी्भित्र राख्न पाइने तर सार्वजनिक रुपमा त्यसलाई लिएर आलोचना वा विरोध गर्न नपाइने निर्णय गरिएको हो ।
यसअघि नेकपाका नेताहरुले सार्वजनिक रुपमा आफ्नो नेतृत्वको गतिविधि र सरकारका काम कारबाहीविरुद्ध आलोचना, सुझाव र प्रतिक्रियाहरु दिँदै आएका थिए ।
बैठकले नेकपाको विधान अनुसार चार केन्द्रीय सदस्यहरु थप गरेको छ। अब नेकपाका केन्द्रीय सदस्य ४४५ पुगेका छन् ।
समाजवादी पार्टीबाट हालै नेकपामा प्रवेश गरेका देबेन्द्र पराजुली र कल्पना धमला, विप्लव समूहबाट आएका पदम राई, किरण राईलाई केन्द्रीय सदस्य बनाइएको हो ।
यस्तै बैठकले जिल्लाहरुमा सह–इन्चार्जहरु समेत थप गरेको छ । यसको सूची पार्टी कार्यालयले सार्वजनिक गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । देशसञ्चाबाट


तपाईको प्रतिक्रिया