गणेश चौककाे बिच सडकमै निर्माण सामग्री असरल्ल (भिडियो)

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ गणेश चौकको बिच सडक किनारा सडक निर्माणको सामग्रीले भरिएको छ । ठेकेदारले सडकमै निर्माण सामग्री गिट्टी राखेपछि सडक समेत साँघुरिएको छ भने दुर्घटनाको पनि उत्तिकै जोखिम बढेको छ । महिनौं अगाडिदेखि किनारामा राखिएको सामाग्रीको कारणले सडकमा उडेको धुँलोले सडक नै अन्धकार भएको छ भने सडकको चाप हुँदा जाम समेत हुने गरेको देखिएको छ । महिनौं दिनसम्म निर्माण सामग्रीहरु थुपार्दा पनि सरोकारवाला निकाय मौन बसेको छ । एक जना व्यवसायी भन्छिन् ‘; यहाँ गाडिको चाप धेरै हुन्छ धुँलो उडेर पसलमा जान्छ, हामीलाई दिनभरी सास र्फन समेत गाह्रो हुन्छ । हामीलाई व्यापार गर्न समेत समस्या भएको छ । निर्वाचन आउनु भन्दा पहिले उम्मेदवारहरु आएर रातारात काम गरे जब मंसिर ४ को निर्वाचन सकियो त्यसपछि कुनै पनि उम्मेदवारले यो विषयमा चाँसो दिएको देखिदैन ।;’

यस्तै अर्की एकजना व्यवसायीले यो बाटोबाट दिनमा १० पटक मन्त्री तथा जनप्रतिनिधिका गाडीहरु हिड्छन् । तर यहाँका व्यवसायी, पैदल यात्रु तथा सर्वसाधारणलाई समस्या भएको छ भनि कसैले पनि नसोचेको गुनासो गरिन् । उनले भनिन् ;’ धुलोले गर्दा हामीलाई व्यवसायमा घाटा भईसक्यो सटर बन्द गरेर बस्नु पर्छ । सकेसम्म यसको छिट्टै व्यस्थापन गरेको भए हामीलाई तथा आम नागरिकलाई सहज हुने थियो ।’; कानुन अनुसार सडक नै ढाक्नेगरी कुनै पनि सामग्री थुर्पान पाइँदैन । तर यहाँ थुपारेको थाहा हुँदाहुदै नगरपालिकाले भने अहिलेसम्म कुनै पहल गरेको छैन । यो खण्डमा धुँलो हुनुको प्रमुख कारण भने ठेकेदारको लापरवाहीले रहेको वीरेन्द्रनगर नगरपालिकाका सव इन्जिनियर राजन तिवारीले बताए ।

इन्जिनियर तिवारी भन्छन् ‘; उक्त सडक निमार्णको जिम्मा गत जेठ २७ गते गौरव विल्डर्सले लिएको हो । हामीले सो कम्पनीलाई काम गर्नको लागि धेरै पटक अनुरोध गर्याै । तर उसले वास्ता नगरी काम गरेन् ।’; उनले यही मंसिर २५ गते सम्म काम सुरु नभएमा नगरपालिकाले नै उक्त सामाग्री उठाएर लिलाम गर्ने जानकारी दिएका छन् । गौरव विल्डर्सका रुपेस भारतीलाई दर्शन खवरकर्मीले बारम्बार फोन गर्दा उनले फोन उठाएका छैनन् । उक्त ठाउँमा निमार्ण सामाग्री राख्दा सवारी आवागमन र धुँलोको मार सर्वसाधरणले खेपीइरहेका छन् ।

भिडियो र्हेनुहोस् ।


तपाईको प्रतिक्रिया