दिपक बराल सुर्खेत । भेरीगंगा नगरपालिका वडा नम्बर ९ ठुलो जात्रीमा उन्नत बाख्रा खोर तथा टाट्नो निर्माण भएका छन् । कृषि क्षेत्र विकास कार्यक्रम ए एस डि पी र सयपत्रि उपहार समुहको खसिबोका मुल्य श्रृखलामा सम्झौता भएर कृषि क्षेत्र विकास कार्यक्रम ए एस डि पी को ५० प्रतिशत सहलगानीमा उन्नत बाख्रा खोर तथा टाट्नो निर्माण भएको हो । भेरीगंगा नगरपालिका वडा नम्बर ९ ठुलो जात्रीमा संचालित सयपत्रि उपहार समुहमा आबद्ध रहेका दलित महिला कृषकहरुलाई बाख्रा पालनमा अग्रसर बनाई आम्दानीको स्रोत बढाउन ५० प्रतिशत सहलगानीमा उन्तन बाख्रा खोर तथा टाट्नो निर्माण गरीएको कृषि क्षेत्र विकास कार्यक्रम भेरीगंगा नगरपालिकाका कृषि प्राविधिक हस्त बिकले जानकारी दिए । समुहमा आबद्ध २४ जना दलित महिला कुषकहरु मध्ये अहिलेसम्म १६ जना कृषकहरुले उन्नत बाख्रा खोर तथा टाट्नो निर्माण गरी बाख्रा पालन सुरुवात गरिसकेको प्राविधिक बिकले जानकारी दिए ।
समुहमा आबद्ध बाँकी ८ जना कृषकहरुको घरमा छिट्टै खोर निर्माण गरी कृषकहरुलाई बाख्रा पालनमा अग्रसर बनाईने प्राविधिक बिकले बताए । कृषि क्षेत्र विकास कार्यक्रमका कृषि प्राविधिक हस्त विकको सहजीकरणमा औषधी र घाँस काट्ने मेसिन, उन्नत जातको घाँसको विउ र वेर्ना वितरण लगायत प्राविधिक तालिम संचालन भएपछि दलित समुदायका दलित महिला कृषकहरुलाई कृषि पेसा बाख्रा पालनमा अग्रसर बनाएको सयपत्रि उपहार समुहका अध्यक्ष गिता कुमारी गहतराजले जानकारी दिईन । पहिला कमै मात्रामा बाख्रा पालन गर्दै आएका समुहमा आबद्ध दलित समुदायका कृषकहरुले अहिले कृषि क्षेत्र विकास कार्यक्रमको सहयोगमा बाख्रा पालनमा बृद्धी गरी आर्थिक आम्दानी बृद्धीमा समेत कृषकहरुलाई टेवा पुगेको समुहकी अध्यक्ष गहतराजले जानकारी दिईन । पहिला चिसो ठाँउमा बाख्रा पालन गर्दै आउँदा बाख्रा पालनमा धेरै समस्या हुने गरेको र अहिले सुधारिएको खोर निर्माण गरेर बाख्रा पालनमा बृद्धी भएको समुहकी सचिव सुनिता बिकले बताईन । कृषि क्षेत्र विकास कार्यक्रममा आबद्ध भएर श्रीमती मैना बिकको सल्लाहमा बाख्रा पालन व्यवसाय सफल भएको र श्रीमतीलाई बाख्रा पालन व्यवसायमा सहयोग गरी फर्म संचालन गरेर आगामी दिनमा व्यवसाय अघि बढाउने उनका श्रीमानले बताए ।



दर्शन खबर । २० मंसिर २०७९, मंगलवार