प्रधानमन्त्री देउवाले बुझाए आफ्नो चुनावी खर्च

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलार्य बुझाएका छन् । डडेलधुराका निर्वाचन अधिकृत करुणाकर अवस्थीका अनुसार देउवाले मंगलवार आफ्नो चुनावी खर्चको विवरण प्रतिनिधिमार्फत बुझाएका हुन् । देउवाले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेका हुन् । प्रचार सामग्री छपाइ, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायतका सात शीर्षकमा २६ लाख १२ हजार खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको हो । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवारहरू निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् ।


तपाईको प्रतिक्रिया