सुर्खेत । कर्णाली प्रदेशमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण पछिल्लो समय घट्दै गएको छ । केही समय अगाडी कर्णाली प्रदेश सहित देशका सबै ठाउँमा डेंगु भयवाह भएको थियो । तर पछिल्लो समय भने संक्रमण घट्दै गएको डाक्टरहरु बताउछन् । कर्णाली प्रदेशमा हालसम्म डेंगु संक्रमण बिरामीको संख्या १ हजार ५ सय ७६ पुगेको छ । प्रदेशमा साउन ४ गतेदेखि कार्तिक २७ गतेसम्म डेंगुबाट संक्रमितको संख्या १ हजार ५ सय ७६ पुगेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी सुर्खेत र सबैभन्दा कम हुम्ला रहेको छ । सुर्खेतमा १ हजार ३ सय ६९ डेंगुुका बिरामी फेला परेका छन् भने हुम्लामा ३ जना डेंगु संक्रमित फेला परेका स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकारी श्यामलाल आर्चायले जानकारी दिए । डेंगु संक्रमणबाट जाजरकोटमा १३, दैलेखमा ३३, सल्यानमा ३६, रुकुमपश्चिममा ४६, कालिकोटमा ३१, जुम्लामा २८ मुगुमा १२ र डोल्पामा ५ जना बिरामी भएको निर्देशनालयको विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।


दर्शन खबर । २० मंसिर २०७९, मंगलवार