कर्णाली प्रदेशको भौतीक पुर्वाधार मन्त्री को बन्ला, आंकलन यस्तो छ ।

सुर्खेत, ०६ भदौ ।
कर्णाली प्रदेशको भौतीक पुर्वाधार मन्त्री को बन्ला भन्ने विषयमा चिया चौतारीमा चर्चा चलिरहेको छ । भौतीक पुर्वाधार मन्त्री खडक बहादुर खत्री बसखास्त परेपछी भौतीक पुर्वाधार मन्त्रीको जिम्मेवारी कसले पाउला भन्ने विषयको चार्चा सुरु भएको हो ।
यद्यपी कर्णाली प्रदेशको भौतीक पुर्वाधार मन्त्रालय अहिले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सम्हालीरहेका छन् । कतिपयले भने नयाँ नियुक्त हुने आँकलन गरेका छन् । पुर्वाधार मन्त्रालयको जिम्मेवारी तत्काल कसले जिम्मेवारि पाउँछन भन्ने कुरा एकीन नभए पनी पुर्व एमालेका कुनै सांसदले नै सम्हाल्ने नेकपाका एक नेताले बताए । कतिले भने मन्त्री, सभामुख, उपसभामुख नभएका जिल्लाहरुमा यो पद दिनु पर्ने भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ती समेत दिएका छन् ।
अहिले अव मुख्य मन्त्री शाहिलेनै उक्त मन्त्रालय सम्हाल्छन भन्ने खालका तर्कहरु पनी आईरहेको छ भने सांसदहरु मध्यवाटनै कसैले भौतीक पुर्वाधार मन्त्रालयको जिम्मेवारी तत्काल पाउन सक्छन भन्ने तर्कहरु पनी सुनिन्छन ।

कसले पाउला जिम्मेवारी

कर्णाली प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको भाग पुर्व एमालेको कोटामा रहेको थियो । सोही कारणले गर्दा पनी भौतीक पुर्वाधार मन्त्रालयको जिम्मेवारी शाहिलेनै पाउने सम्भावना रहको जानकारहरु बताउँछन् । यस्तै मन्त्रालय सम्हाल्न सक्ने दैलेखबाट निर्वाचित अमर थापा अर्थ समितिको सभापती रहेका छन भने सलयान बाट निर्वाचीत गुलावजंग शाह नेकपा कर्णालीको प्रमुख सचेतक रहेका छन् र सुर्खेतबाट निर्वाचीत यामलाल कंडेल मन्त्रीमा दावी गर्ने सम्भावना नरहेकाले पनी शाहिको सम्भमवना देखिन्छ । मुगु प्रदेश सभा ख बाट चन्द्र बहादुर शाही निर्वाचीत भएका हुन् । २०५६ सालमा पुर्व नेकपा एमालेबाट प्रतीनीधी सभा सांसदमा निर्वाचित भएका थिए । कर्णालीमा पुर्व एमाले खस्कीदो अवस्थामा रहेका बेलामा पार्टि संगठन सुधार्न लागी परेका शाही कर्णाली टाईगर भनेर समेत चिनिएका थिए । त्यस कारणले पनी उनी अहिलेका नेकपाका प्रभावशाली नेता मानिन्छन् । त्यसै कारणले गर्दा पनी शाहीले भौतीक पुर्वाधार मन्त्रालयको जिम्मेवारी पाउन सक्ने आँकलन गर्न सकिन्छ ।


तपाईको प्रतिक्रिया