वीरेन्द्रनगरमा समाचार फिचर लेखनसम्बन्धी प्रशिक्षण सुरु

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ४ दिने समाचार फिचर लेखनसम्बन्धी प्रशिक्षण सुरु भएको छ । आधारभुत पत्रकारीता तालिम गरिसकेका सुर्खेतका सञ्चारकर्मी तथा प्रशिक्षार्थी पत्रकारहरुलाई समाचार फिचर लेखन सम्बन्धी ४ दिने पत्रकारीता तालिम मंगलवारदेखि सुरु भएको हो । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति,काठमाडौंको आयोजना र नेपाल पत्रकार महासंघ सुर्खेत जिल्ला शाखाको संयोजनमा मङ्सिर १३ गतेदेखि मङ्सिर १६ गतेसम्म उक्त प्रशिक्षण चल्ने भएको छ । सुर्खेत वीरेन्द्रनगरको दैलेखरोड नजिकै अशोका होटेलमा आयोजित ४ दिने तालिममा सुर्खेतका विभिन्न माध्यममा कार्यरत भएका पत्रकारहरुलाई तालिम दिईने छ । यस समाचार फिचर लेखनसम्बन्धी प्रशिक्षण कार्यक्रमको प्रशिक्षकको रूपमा वरिष्ठ पत्रकार चिरञ्जीवी अर्याल रहेका छन् । शुक्रवार पहिलो दिन कार्यक्रमको उद्घाटन गरिएको छ । उक्त तालिम पंश्चात तिन जना उत्कृष्ट पत्रकारलाई पुरस्कृत गरिने छ ।

तपाईको प्रतिक्रिया