कोरियन भाषा परीक्षाको अनलाइन आवेदन पुस ४ गतेबाट खुल्ने

काठमाडौं । कोरियामा काम गर्न जानेहरूका लागि नेपाल सरकारले कोरियन भाषा परीक्षाको आवेदन खुलाएको छ । नेपाल सरकार र गणतन्त्र कोरियाबिच भएको नेपाली नागरिकलाई कामदारका रुपमा पठाउने सम्झौता अनुरुप कामदार छनोट गर्न कोरिया भाषा परीक्षा सञ्चालन हुने गर्दछ ।उक्त भाषा परिक्षाको लागि सरकारले अनलाइन फारम अनिवार्य गरेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले जारी गरेको सूचना अनुसार इच्छुकले पुस ४ गते सोमबार देखि ८ गते शुक्रबारसम्म आवेदन दिन सक्नेछन् ।

आवेदनका लागि अनलाइन प्रक्रिया अनिवार्य गरेका कारण इच्छुकले उल्लेखित मितिमा आवेदन दिन सक्नेछन् । यस्तै आवेदन शुल्क भने आईएमई बैंकको कुनै पनि शाखा अथवा आईएमई पे लगायत फोन पे, ई(सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत बुझाउन सकिनेछ ।


तपाईको प्रतिक्रिया