सुर्खेत । ‘सभ्य समाजको पहिचान, लैगिंक हिंसा विरुद्धको अभियान’ भन्ने राष्ट्रिय नाराका साथ शुक्रवार देखि लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा सुर्खेतका सबै पालिकाका विभिन्न स्थानमा पहिलो दिन र्याली सहित अन्य कार्यक्रम गरी लैगिंक हिंसा विरुद्धको १६ अभियानको सुरुवात गरिएको थियो भने अभियानको तेस्रो दिन आइतवार बिहान वीरेन्द्रनगर बसपार्कमा १६ दिने अभियानको अवसरमा जनचेतनामुलक कार्यक्रम गरीएको छ । उक्त कार्यक्रममा विभिन्न संघ सस्थाका पदाधिकारी, नेपाल प्रहरी, सवारी साधनका चालक, सहचालक, यात्रु, पत्रकार लगायत अन्य व्यक्तिहरुको पनि उपस्थिति रहेका थियो । यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म मनाउने गरिन्छ ।




दर्शन खबर । ११ मंसिर २०७९, आईतवार