बिजापुरमा ४ जना माओवादी मारिए

भारत। भारतको बिजापुरमा ४ जना माओवादी मारिएका छन । सुरक्षाकर्मीसँगको झडपमा परि उनिहरु मारीएका हुन । बिजापुरको पोम्रा वन क्षेत्रमा करिब ४० जना माओवादी रहेका सूचना पाएपछि त्यहाँ पुगेको सुरक्षा फौजले आक्रमण गर्दा दुई महिलासहित चार जना मारिएका प्रहरीले जनाएको छ । सुरक्षा फौजले कारबाही गरेको स्थानबाट हातहतियार बरामद गरिएका तथा खोजबिन जारी रहेको एक वरिष्ठ सुरक्षा अधिकारीले बताएका छन् । केही महिनाअघि माओवादीले बिजापुर प्रहरी कार्यालयमा हमला गरेर चार जना प्रहरीलाई घाइते बनाएका थिए । बिजापुर क्षेत्रमा नक्सलवादी सक्रिय रहेका भन्दै राज्य सरकारले त्यहाँ सुरक्षा सतर्कता बढाएको छ ।



तपाईको प्रतिक्रिया