देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाण्डौँ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार बिहान भएको भेटका क्रममा दुई नेताबीच जारी निर्वाचन परिणाम र गठबन्धनको आगामी यात्राबारे छलफल भएको छ । उनीहरुबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको बुझिएको छ । शनिबार बिहान देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेको र उनीहरुबीच सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारको दाबी छ । प्रधानमन्त्री र प्रचण्डले गठबन्धनका दलहरुको बैठक छिट्टै बोलाउने सहमति पनि गरेका छन् ।


तपाईको प्रतिक्रिया