
सुर्खेत । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुक्रवारदेखि सुरु भएको छ । यस वर्ष ‘सभ्य समाजको पहिचान, लैगिंक हिंसा विरुद्धको अभियान’ भन्ने राष्ट्रिय नारा दिएर १६ दिने अभियान मनाउन थालिएको छ । संसारभर २५ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म यो अभियान मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न संघसंस्थाले यो अभियान मनाउँदै आएका छन । यसै क्रममा सुर्खेतका सबै पालिकामा १६ दिन सम्म विविध कार्यक्रम गरिने भएको छ । पहिलो दिन शुक्रवार महिला, बालबालिका तथा ज्येष्ठ नागरीक कल्याण सुर्खेतको आयोजना र लेकवेशी नगरपालिकाका नगरप्रमुख उमेश कुमार पौडेलको संयोजकत्वमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गरिएको छ ।
अभियानको क्रममा एक दिन सरकारी कार्यालय, स्थानीय तह र संघ सस्थाहरुको सहयोगमा वक्तित्वकला प्रतियोगिता गरिने भएको छ । नगरप्रमुख उमेश कुमार पौडेलले उद्घाटन कार्यक्रममा बोल्दै अवदेखि नगरपालिकाले हरेक वर्ष यस्ता कार्यक्रमको लागि बजेट छुट्याउने बताए । उक्त कार्यक्रममा नगरपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाका जनप्रतिनिधि, महिला अधिकारको क्षेत्रमा कार्यरत सरकारी निकायहरु, गैर सरकारी संस्थाहरु, विभिन्न राजनीतिक दलहरुका महिला संगठनहरुको उपस्थिति रहेको थियो । अभियानको अन्तिम दिन भने प्रत्यक वडामा र्याली निकालिने बताईएको छ ।



दर्शन खबर । ९ मंसिर २०७९, शुक्रबार