बबईबाट अवैध सुर्ती बरामद 

सुर्खेत । भारतबाट उत्पादन गरिएको अवैध रुपमा सुर्खेत ल्याइँदै गरेको सुर्तीजन्य वस्तु प्रहरीले बरामद गरेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका ५ बबईस्थित प्रहरी चेकपोष्टमा शुक्रवार बिहान ९ः ४५ बजेको समयमा चेकजाँचका क्रममा सुर्तीजन्य वस्तु बरामद गरिएको हो । लु२ख ५७८३ नम्बरको नेपालगंजबाट सुर्खेत आउँदै गरेको यात्रुवाहक फोर्स गाडीलाई विशेष सुराकीको आधारमा चेकजाँच गर्दा प्रहरीले अवैध रुपमा बेवारिसे २ बोरा (१ सय पिस) करिब २७ हजार बरावरको सुर्तीजन्य सामान बरामद गरिएको हाे । भारतबाट अवैध रुपमा ल्याइएको सुपरपावर नामक सुर्ती गाडीमा बेवरिसे अवस्थामा फेला पारेकोे इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । उक्त सुर्ती नियन्त्रणमा लिई मुचुल्का गरेर अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय कोहलपुरमा पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका (डिएसपी) एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिएको छ । उक्त गाडिलाई भने गन्तव्य तर्फ पठाइएको छ ।


तपाईको प्रतिक्रिया