सुर्खेत । ‘सभ्य समाजको पहिचान, लैगिंक हिंसा विरुद्धको अभियान’ भन्ने राष्ट्रिय नाराका साथ शुक्रवार देखि लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा सुर्खेतका सबै पालिकाका विभिन्न स्थानमा र्याली सहित अन्य कार्यक्रम गरी लैगिंक हिंसा विरुद्धको १६ अभियानको सुरुवात गरिएको छ । यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म मनाउने गरिन्छ ।


दर्शन खबर । ९ मंसिर २०७९, शुक्रबार