निर्वाचन आयोगको कल सेन्टर सेवा बन्द

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरु गरेको कल सेन्टर सेवा बन्द गरेको छ । आम जनतालाई निर्वाचन सम्बन्धी सूचना दिने उद्देश्यले सुरु गरेको कल सेन्टर सेवा आयोगले बन्द गरेको छ । आयोगले सञ्चालनमा ल्याएको सो कल सेन्टर निर्वाचन सम्पन्न भएकाले बन्द गरिएको जनाएको छ । आयोगले गत असोज २८ गतेदेखि कल सेन्टर सेवा अन्तर्गत सञ्चालनमा आएको टोल फ्री नम्बर ११०२ हाललाई बन्द गरिएको हो ।


तपाईको प्रतिक्रिया